आलमलाई हिरासतमा राख्न आठ दिन म्याद थप

प्रकाशित मिति:

काठमाडौं – जिल्ला अदालत रौतहटले राजपुर बमकाण्ड आरोपी रौतहट क्षेत्र नम्वर २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमलाई हिरासतमा राख्न आठ दिन म्याद थप गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि समय मागेपछि शुक्रबार जिल्ला अदालत रौतहटले सात दिनको म्याद थप गरेको हो । यस अघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले अनुशन्धानका लागि थप ८ दिन म्याद थप गरेको हो । १२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।