फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । बिहिबार ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ६०० रुपैयाँ बढेसगैँ प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजबी सुनको प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै चाँदीमा पनि १० रुपैयाँ बढेसँगै प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको संघले जनाएको छ ।