तिहारलगत्तै अनसन बस्ने तयारी गर्दै डाक्टर केसी

प्रकाशित मिति:

काठमाडौँ – भर्खरै आफू कार्यरत रहेको त्रिवि शिक्षण अस्पतालबाट अवकाश प्राप्त डाक्टर गोविन्द केसीले यही कात्तिक १८ गतेदेखि अनसन बस्ने चेतावनी दिएका छन् । यसअघि विभिन्न माग राखी अनसन बस्ने गरेका डाक्टर केसीले वीरगंजस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थीहरूले गरेको आन्दोलनलाई दमन गर्न गुण्डा प्रयोग गरेको आरोप लगाए ।

विद्यार्थीमाथि भएको सांघातिक हमला बन्द गर्नुपर्ने र सरकारले दिएको समयसीमाभित्र बढी असुलिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै डाक्टर केसीले यदि यस्तो नभए आफू पुनः अनसन बस्ने चेतावनी दिएका हुन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले भने, ‘सरकारले दिएको समयसीमाभित्र अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्न जोडदार माग गर्दर्छौं ।’ उनले यदि आफ्नो माग पुरा नगरिएको खण्डमा दशौं अर्बको ठगीको प्रमुख दोषी सरकार नै हुने चेतावनी दिए ।

थप समाचार