ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति:

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र ट्याक्टरमा सवार २७ वर्षीय चन्द्र बहादुर विक छन् ।

चौरजहारीबाट सिमेन्ट लोड गरि पुर्तिमकाँडातर्फ जाँदै गरेको भे१त ५१०७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बेलुकी साढे ७ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । घटनास्थलमै मृत फेला परेका दुवै जनाको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुमले जनाएको छ ।