विकासका योजनालाई कार्यान्वयन गराउँदै गुल्मी काँग्रेस 

प्रकाशित मिति:

रमेश विक , गुल्मी \ गुल्मीको मालिका गाउँपालिमा गठित नेपाली काँग्रेसको छाँया सरकारले जनप्रतिनिधि र उपभोक्ता समितिले गरेका विकासका योजनाको अनुगमन कार्यलाई प्राथमिकतामा साथ अघि बढाएको छ । नेपाली कांग्रेसले गठन गरेको छाँया सरकारले आर्थिक वर्ष २०७४र०७५ का कार्यन्वयन भएका विकासका योजना जनता सामु पुगे नपुगेको र योजनाको सुशासन र पारदर्शिता को अवस्था जानकारी लिने र यदि गलत काम भएको अबस्थामा कानुनी उपचारमा समेत दबाब दिने उदेश्यले यो अभियान शुरु गरिएको हो ।
योजना तर्जुमा लेखाजोखा गर्ने, कुनै योजना विचैमा हराउन नदिने, भ्रष्टाचार र अनियमिततामा अनुगमन गर्ने उदेश्यले यो कार्यक्रमको सुरुवात गरिएको छाँया सरकार प्रमुख उपेन्द्र अर्यालले बताउनु भएको छ । हाल छाँया सरकारले मालिका गाउँपालिकामा सञ्चालित आधा दर्जन भन्दा वढि योजनाहरुको अनुगमन गरिसकेपछि सम्पूर्ण वडाहरुको अनुगमन र छलफल पश्चात पत्रकार मार्फत सबैलाई जानकारी गराउने प्रमुख अर्यालले बताउनु भएको छ ।
वडा कार्यालयको मात्र अनुगमन नगरी वडामा गरिएका निर्णयहरुको कार्यान्वयन भएको छ कि छैन त्यसलाई विशेष ध्यान दिने अनुगमन टोली रेखाकुमार जिसी ले वताउनु भएको छ । गुल्मी जिल्लामा स्थानिय तहमा भएका विकासको गतिबिधिको रेखदेख गर्न नेपाली काँग्रेस गुल्मीले जिल्लाका सवै स्थानिय तहमा छाँया सरकार समेत गठन गरेको छ । स्थानिय तहमा सुशासन र पारदर्शिता ल्याउन, ढिलासुस्ती हटाउन जिल्ला भर नै छाँया सरकारले अनुगमन गरेको नेपाली काँग्रेस गुल्मीले बताएको छ ।