मुस्कानलाई अमृत गुरुङ ‘नेपथ्य’को साथ

प्रकाशित मिति:

काठमाडौं –  १४ वर्षीया मुस्कान खातुनमाथि तेजाव प्रहार भएपछि उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा छिन्। उनलाई भेट्न नेपथ्य मण्डलका अमृत गुरुङ अस्पताल पुगेका छन्। गत भदौ २० गते आफ्नै घरनजिकै मुस्कानमाथि दुई युवाले तेजाव हानेका थिए। तेजावले डढेर उनको अनुहार, हात र छातीमा गहिरो चोट लागेको छ। अनुहारको एउटा पाटो पूरै डढेको छ। मुस्कानको स्वास्थ्यलाभको कामना गर्दै आफू भेट्न गएको उनले बताए।

‘बिहीबार मुस्कान भेट्न गएँ। मुस्कानमा हराएको सो चेहरामा मुस्कान फर्कोस भन्ने कामना छ।’ एसिड आक्रमणबाट पीडित यी अवोधलाई भगवानले शक्ति प्रदान गरून्। यस्ता अमानवीय हिंसाविरुद्ध सशक्त कानुन बनोस्। मुस्कान जस्ता पीडितहरूको उपचारमा राज्य जागरूक बनोस’, उनले भनेका छन्। मुस्कानलाई हौसला बढाउँदै मानसिकरूपमा बलियो बनाउन विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरु मुस्कानलाई भेट्न असपताल पुगेका छन्।

गायक राजु लामा, क्रिकेटर पारस खड्का, सोमपाल कामी, पूर्वमिस नेपाल शृंखला खतिवडा, नायक राजेश हमाल मुस्कानलाई भेट्न अस्पताल पुगिसकेका छन्। यस्तै, बलिउड कलाकारहरू छन्। अभिनेता सारूखान, अमिताभ बच्चन, वरूण धवन, कृति सेनन लगायतले मुस्कानको स्वास्थ्य लाभको कामना गरेका छन्।