रेडियो नेपाललाई भर्ती केन्द्र बनाईयो – डा. महत

प्रकाशित मिति:

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री डा. प्रकासशरण महतले सरकारीको स्वामित्वमा रहेको रेडियो नेपाललाई सरकारले भर्ती केन्द्र बनाएको आरोप लगाएका छन् । दशै, तिहार तथा छठ पर्वका अवसरमा नेपाल पत्रकार महासंघ, रेडियो नेपाल शाखाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै डा। महतले पाटीमा आस्थावान कर्मचारी नियुत्ती गरेर संस्था भर्ती केन्द्र बनाएको आरोप लगाए ।

डा. महतले काम गरिरहेका कर्मचारीलाई अनेक बहाना बनाई धमाधम निकाल्ने गरेको समेत उनले बताए । सरकारले सरकारी संस्थालाई राजनितिकरण नगर्ने बताएपनि दलसँग सम्बन्धीत कर्मचारीलाई ठाउँ दिएको बताए । कांग्रेस सरकार भएको बेलामा स्वतन्त्र रहेको रिडियोलाई अहिलेको सरकारले आफ्नो गुनगान गाउने संस्थाको रुपमा प्रयोग गरेको डा. महतले बताए । कर्मचारीलाई तलव खुवाउन धौ धौ भईरेहका बेला अनावश्यक रुपमा कर्मचारी थपिरहेको बताए ।

सरकारी संस्थाको जग्गाको संरक्षण गर्नुपर्ने अवस्थामा अनाधिकृत रुपमा जग्गामाथि हस्तछेप गरेको उनले जिकिर गरे । सो कार्यक्रमामा डा. महतले विभिन्न एफएम रेडियो, टेलिभिजन र अनलाईन मार्फत सूचना समाचार आए पनि अझै गाउँ–गाउँ सम्म सूचना र समाचारको भरपर्दो स्रोतको रुपमा रेडियो नेपाल रहेको भन्दै रेडियो नेपालले व्यवसायिक बनेर सवैका समाचार प्रसारण गर्नु पर्ने सुझाव दिए ।