तातोपानीमा अधिकारीहरूले नुहाएको हेरे किमले

प्रकाशित मिति:

बुटवल  – उत्तर कोरियाका नेता किम जोङ–उन शुक्रवार देशमा रहेको स्पा रिजोर्ट पुगेका छन् । उनलाई अधिकारीहरूसँग याङदोक काउन्टी हट स्प्रिङ रिजोर्टको तातोपानीमा घुमिरहेको देखिएको थियो ।

केही अधिकारीहरू तातोपानीमा नुहाउन पस्दा एकजना चाहिँ सुरुवाल माथि सारेर पानीमा गोडा चोपलेर बसेका देखिए । किम यसअघि डायमन्ड माउन्टेन रिजोर्ट गएका थिए । उक्त रिजोर्ट दक्षिण कोरियासँग मिलेर बनाइएको हो र हालैका वर्षमा त्यहाँ कोही पनि जाने गरेको छैन । किमले उक्त रिजोर्टका भवनहरू भतकाउन आदेश दिएका छन् ।

दक्षिण कोरियाले बनाएका होटलहरू भतकाउनका लागि उत्तर कोरियाले औपचारिक रूपमा कुराकानी गर्ने प्रस्ताव पेश गरेको दक्षिण कोरियाले शुक्रवार जनाएको छ । उत्तरले लामो समयदेखि दक्षिणलाई अन्तर्राष्ट्रिय प्रतिबन्धलाई चुनौती दिँदै उक्त रिजोर्ट क्षेत्रमा भ्रमण पुनः शुरू गर्न दबाब दिइरहेको छ । उक्त रिजोर्ट सीमापार पर्यटनलाई प्रोत्साहन गर्नका लागि बनाइएको थियो । – एजेन्सी