धनकुटाको पाख्रीवासमा श्रद्धाञ्जली सभा

८ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
37 Shares


धनकुटा-नेपाली कांग्रेस पाख्रीवास नगरपालिकाका नगर सभापती कोपिन्द्र मानन्धरकी धर्मपत्नी पार्बती मानन्धरको ०७६ कार्तिक १ गते उपचारको क्रममा अल्पआयुमा नै असमायिक निधन भएकोमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिती  ख धनकुटा , पाख्रीवास नगर कार्यसमिती, वडा समिती, नेपाल बौद्ध गुम्बा समाजले स्वस् पार्बती मानन्धरको सातौ पुण्य तिथिको अवसरमा कार्तिक ७ गते पाख्रीवासमा श्रद्धाञ्जली कार्यक्रमका साथ परिवारजनमा समवेदना व्यक्त गरेको छ ।सो अवसरमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिती ख धनकुटाका सभापति इन्दिरा थापा, सचीव हरि बहादुर राई कोषाध्यक्ष लोकमणि घिमिरे पाख्रीवास न.पा. का उपसभापति पुर्ण ब ।

राई , वडाका सभापतिहरुले स्वर्गीय पार्बती मानन्धर प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको थियो । सो अवसरमा शोकाकुल परिवारजनमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति ख धनकुटाका सभापति इन्दिरा थापाले समवेदना पत्र समेत प्रदान गर्नु भएको थियो ।सो अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका संयोजक सोमनाथ घिमिरे , अस्ट्रेलियाका दिलिप पोख्रेल लगायतले स्वर्गीय पार्बती मानन्धर प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया