अमेरिकाकाे क्यालिफोर्नियामा भीषणा आगलागी

९ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
24 Shares


एजेन्सी – अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा अग्नियन्त्रकहरु छन् । हवाई तथा स्थल अग्नि नियन्त्रकहरु खटिएका छन् । आगो निभाउने प्रयास जारी रहँदा क्यालिफोर्नियाका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ ।क्यालिफोर्नियाका ३६ काउन्टीहरुमा विद्युत आपूर्ति बन्द भएको छ । लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द भएको सेवा प्रदायकले जनाएको छ ।तीव्र गतिमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको छ भने आगो झन फैलिने भय देखिएको छ । जंगलमा लागेको आगोका कारण ५० हजार मानिसले घर छोडेका छन् ।लस एन्जलस र सोनोमा काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । आगलागीका कारण मौसमी अवस्था गम्भीर बनेको क्यालिफोर्नियाको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया