भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा एक महिलालाई आफ्नै पतिले अस्लिल भिडियो खिचेर भाइरल गराउने धम्की दिएको खबर बाहिर आएको छ । यति मात्र हैन पतिले पत्नीलाई आफ्नै साथीहरुसँग शारिरिक सम्बन्ध राख्नको लागि समेत दवाव दिँदै आएका थिए । अहिले पति प्रहरीको हिरासतमाछन् । बिहेको पाँच महिना पुग्दा नपुग्दै बाट पतिले आफ्नी पत्निलाई परपुरुषसँग शारिरिक सम्पर्क राख्न दवाव दिँदै आएका थिए । लामो समय सम्म यही दवाव कायमै रहे पछि उनी आफ्नो माइतीमा गइन् । पछि पतिले पटक पटक लुकी छिपी रेकर्ड गरेको अस्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिन थाले । यो घटनाले बिछिप्त बनेकी ति महिला प्रहरीमा पुगिन् र अहिले न्याय खोज्दै गरेको खबर भारतीय संचार माध्यमहरुमा छ ।