संस्मरणः जन्मभुमि(चौथो भाग)

प्रकाशित मिति:

अर्जुन ज्ञवाली \
पिपलधाराका हरेक क्षेत्रमा सुन्तला असाध्यै पाइने । सबै गाउमा सुन्तलाका बगैंचा अहिले पनि छ्न । घरघरमा सुन्तलाका रुख कति कति गन्नै नसकिने । हिउद लाग्यो कि रमाइलो लाग्थ्यो । दशैतिहारको रमझम सगै सुन्तला पाक्थे । सुन्तलाका रुखहरु पयलपुर हुने । मौरीका रसिलो मह भरिएका चाका जस्तै लाग्थ्यो पाकेका सन्तला । सुन्तला खान खुब मज्जा आउने । सुन्तला कति खाइयो कति लेखाजोखा गर्न नै गार्हो छ । सिजनमा बिहान, बेलुका, दिउसो मात्र होइन, राती पनि सुन्तला खाइन्थ्यो । बिहान उठ्यो उस्तै परे मुख नधोइ सुन्तला खाइन्थ्यो । दिउँसो त्यस्तै खाइन्थ्यो, सुन्तला फोकेको छ , क्याप मुखमा राखेको छ , भित्रका बिजुला(दाना) मुखबाट फुत्त फाल्यो। कहिले त रातीमा सुन्तला खादाखादै निधाइन्थ्यो । सुन्तला पाके पछी बासका सुपेला खोजेर ती सुपिलालाइ डोकोमा मिलाएर सुन्तला मिलाएर राखिन्थ्यो । सुन्तलाले गाउ नै बसाउने अझ सुन्तला पाक्दा त कुरै नगरौ गाउ नै सुगन्दले मगमगाउने गथ्र्यो । सुपिलामा राख्दा सुन्तला धेरै समय रहने नकुहुने नबिग्रने हुदा त्यस्तो चलन गरिन्थ्यो । गाउमा कोल्ड स्टोर थिएनन । अहिले पनि सुपिलामा सुन्तला राख्ने गरिन्छ ।
सुन्तला खास गरेर चुत्राबेसी, सन्धिखर्क बढी लगिन्थ्यो बेच्नको लागि । उतिबेला यातायातको सुबिधा नहुदा बोकेरै लगिन्थ्यो । गाउका सबै ढाक्रे भनेर बिहान राति नै टर्च लाइट नभए आगाको राको बालेर ग्रुपमा सुन्तला बाकेर जान्थ्यौ । सुन्तला बोकोर को अगाडि जाने भन्ने प्रतिष्पर्धा हुन्थ्यो । घरबाट हिडेर चोरपानि बिसाउने( भारी राखेर एक टिन आराम ) गरिन्थ्र्यो । चोरपानीबाट, ढाक्रेपानी बिसाइन्थ्यो । पहिलापहिला टाडा टाडाबाट खास गरि उत्तर तर्फबाट मानिसहरु नुन तेलको लागि झण्डी पत्थरकोट, कृष्णनगर सम्म पुग्थे रे भन्ने कुरा अग्रजबाट सुन्थ्यौ । तर हामी चुत्राबेसी सन्धीखर्क, तम्घास मात्र गयौ । त्यसताका ढाक्रोपानि भन्ने ठाउ त्यहा सबै ढाक्रेले भारी बिसाएर पानी खाने गरेकोले सो ठाउको नाम ढाक्रेपानी रहन गएको भन्ने लाग्छ । यसरी बिभिन्न ठाउमा भारी बिसाउदै चुत्राबेसी पुगिन्थ्यो । सल्यानखर्क, ओखढुगां, भाटमारे, देउराली, लुटीपोखरी, कोखे चौपारी, बरमकोट, डुडामुख, माटे, रौन्न्ना –बिहार)र चुत्राबेसी नपुग्दै एउटा खरान छ त्यहा बिसान्थ्यो । खोलाको बाटो थुप्रै घाट तर्दै बल्ल तल्ल चुत्राबेसी पुगीन्थ्यो । यस्तै तमाम ठाउहरुमा भारी बिसाउदौ गन्तब्य पुगिन्थ्यो । त्यही सुन्तला बेचेर बर्ष भरी आवस्यक पर्ने नुन तेल चिनी, मट्टीतेल, लत्ता कपडा, दाल चामल किनिन्थ्यो । एक हिसाबले सुन्तला बेचेर मकै, गहु, बाहेक सबै थोक किनिन्थ्यो । बास्तवमा सुन्तला अहिले पनि त्यहाका मानिसको मुख्य आर्थिक स्रोत हो । त्यहा सबै मान्छेको दैनिकीसग जोडिएको छ ।
सुन्तला सारै रसिलो हुन्थ्यो, अहिले सम्झिदा मुखै रसाउछ । त्यो सुन्तलाको रागले अहिले पनि आखा झिमिक झिमिक गर्न मन लाग्छ । साथिभाइले कहिलेकाही जिस्केर आँखामा सुन्तलाको राग राखिदिदा आँखा सारै पिरो हुन्थ्यो । अझ अमिलो निचोरेर आँखामा राखिदिदा त सारै पिरो हुने । सुन्तला मात्रा होइन अमिलो सादेर पनि खान्थ्यौ । अमिलोको कुरा गर्दा अहिले पनि मुखबाट पानी आउँछ । कहिलेकाही त सानो छदा मेरो बिहे कता हुन्छ भनेर अमिलोलाइ चोरऔलो र बुडिऔलोको बिचमा राखेर निचर्थ्यौ । निचर्दा सर्को जता जान्छ उतै बिहे हुन्छ भन्थ्यौ त्यतिबेला । कहिले झुक्किएर पिच्किरी आफ्नै आखामा पुग्थ्यो । सुन्तलाका रुखमा चडेर यति धेरै सुन्तला खाइन्थ्यो कि तल फेदमा बोक्रा हेर्दा आफै दङ्ग पन्थ्यिो । रोजिरोजि कुन सुन्तला मीठो छ आफ्नै मर्जी थियो । बास्तवमा सुन्तला अहिले पनि त्यहाका मानिसको मुख्य आर्थिक स्रोत हो । त्यहा सबै मान्छेको दैनिकीसग जोडिएको छ ।

बिभिन्न ठाउमा भारी बिसाउदै चुत्राबेसी पुगिन्थ्यो । सल्यानखर्क, ओखलढुगां, भाटमारे, देउराली, लुटीपोखरी, कोखेचौपारी, बरमकोट, डुडामुख, माटे, रौन्न्ना(बिहार) र चुत्राबेसी नपुग्दै एउटा खरान छ त्यहा बिसाइन्थ्यो । खोलाको बाटो थुप्रै घाट तर्दै बल्ल तल्ल चुत्राबेसी पुगीन्थ्यो । यस्तै तमाम ठाउहरुमा भारी बिसाउदौ गन्तब्य पुगिन्थ्यो । त्यही सुन्तला बेचेर बर्ष भरी आवस्यक पर्ने नुन तेल चिनी, मट्टीतेल, लत्ता कपडा, दाल चामल किनिन्थ्यो । एक हिसाबले सुन्तला बेचेर मकै, गहु, बाहेक सबै थोक किनिन्थ्यो । बास्तवमा सुन्तला अहिले पनि त्यहाका मानिसको मुख्य आर्थिक स्रोत हो । त्यहा सबै मान्छेको दैनिकीसग जोडिएको छ ।

बडा दशै घटस्थापना देखि नै सुरु हुन्थ्यो । पहिलापहिला स्कुल बिदा घटस्थपना देखि हुन्थ्यो । दशै आउला, खाउला पिउला , चोरी लिउला, धत म त छुट्टै बसौला भनेर औला भाच्दै रमाइलो गर्थ्यौ । घटस्थापनाका दिन जमरा राख्दा अर्कै अनुभव हुथ्यो । घरको अध्यारोमा टपरीमा मलिलो माटो राखेर जौका जमरा जमाउथ्यौ । ती जमरामा दिनदिनै पानी राख्थ्यौ । बिहान सबेरै उठेर हातमुख धोएर चोखनित गरेर आम्खोरामा पानी लगेर हाल्थ्यौ । जमरा कहिले टुसाउछ । कहिले उम्रन्छ भनेर निकै सारौ उत्सुकता हुन्थ्यो । जब टुसाउथे, कहिले ठुलो हुन्छ भन्ने गथ्यौ । जमरा औलाले दिनदिनै नाप्थ्यौ कति ठुला भए भनेर । दसै लागेपछि विभिन्न शक्ति पिठहरुमा पुजाआजा हुन्थ्यो । हामिले शक्ती पिठलाइ कोट भन्थ्यौ । धुर्कोट, अर्घाकोट त्यहाका चर्चित कोटहरु हुन अहिले पनि । अन्यत्र पनि कोटहरु छन् । बर्षको एकपटक दशैको बेला सबै कोटहरुमा बिधिपुर्वक पुजा हुन्छ । सत्तमी देखि ती कोटहरुमा धुप ध्वाला, चामल, भेटी पैसा फुल प्रसाद लिएर जान्थ्यौ । एकदुई जनाले गाउभरिका धुप ध्वाजा लगएर जानू पर्थ्यो । यद्यपि अहिले पनि यो चलन छ । कहिले मालारानीको कोट, कहिले खड्क छत्र धुर्कोट, फाप्रे, उल्क, अर्घा लगायत ठाउहरुमा सत्तमी देखि नवामीसम्म धुपध्वजा लगेर जान्थ्यौ । यसरी धुप ध्वाजा चडाउदा मनका इच्छा पूरा हुने बिश्वास थियो र छ । आफना भाकल(सन्कल्प)पूरा भएपछी वा पूराहुने कामना सहित शक्तिपिठको आराधना गरिन्थ्यो । धुपध्वजा प्रसाद चडाइल्थ्यो । बलि पनि दिइन्थ्यो । मनोकामना पुरा गर्नको लागि खास गरेर यस्तै शक्ति पिठ कोट एवम् झाक्री देवता र सुपादेउरालीलाइ भाकल गरिन्थ्यो र अहिले पनि गरिन्छ ।
घटस्थपना पछी नै गाउमा माटोले बनेका घरहरु लिप पोत गरिन्थ्यो । रातोमाटो र सेतोमाटो कमेरोले घर लिपेर चिटिक्क पारिन्थ्यो । अहिले पनि दशै शुरु भयो की यस्तै काम शुरु हुन्छ । पिपलधाराको माथी अर्तोसमा रातामाटो पाइन्छ । त्यो ठाउँ अहिले पनि रातो माटोले चर्चित छ । छिमेकी गाविसहरुका बासिन्दाहरु पनि त्यहा माटो लिन आउथे । गहिरो खाल्टो खनेर माटो निकालिन्थ्यो । सारै जोखिम लाग्थ्यो । रातोमाटो लिनेको भिडाभाड हुन्थ्यो । मैले पनि धेरै पटक माटो बोकेको छु । सबैले बोक्थ्यौ ।माटो बोक्दा एकपटक कुकुरले झन्डै परलोक पठाएको थिएन । चोरपानीबाट निस्केर माटो खन्ने दिदिको घरबाट गएको थिए । कुकुर खतरै रहेछ । झ्वाम्मै म माथी पर्यो । कुकुर र मेरो फाइट नै चल्या एकछिन । पछी आत्मसमर्पण गर्ने बाध्यता भो । दगुरेर भाग्दाभाग्दै बारिको डिलमा पुगेको थिए । कुकुरले लखेट्दै थियो । वारिको डिलमा ढुंगाको पर्खाल रहेछ । त्यहीबाट अर्को मुनिपट्टीको बारीमा हाम फाल्छु भनेको त त्यो पर्खाल नै भत्कियो । त्यही ढुङ्गासगै अग्लो ढिक(डिल)बाट तलसम्म गोलमोटल लोटियो(लडियो) । तल गएर बल्लतल्ल उठे तर शरीर चलाउन भएन फेरि पल्टिए । खै को सँग हो एकजनाको सहयोगमा बल्लबल्ल लैरो(लठ्ठी )टेकेर घर गएको थिए । सम्झिदा आङ्गै जिरिङ्ग हुन्छ । धन्न बाचिएछ ।
त्यसरी माटो बोकेर घर थारा(गोठ बङ्गाला) छेपिन्थ्यो(लिपिन्थ्यो) अहिले पनि यसै गरिन्छ। दसैमा सबैका घर चिटिक्क हुन्थे । झ्यालढोकामा रङ्ग लगाइन्थ्यो । रंग सारै बसाउथ्यो । झार गोडेर चिटिक सफा हुन्थे सबैका घर । एकदिन डुवाको( घरमा निकाशबाटो) सफा गर्दथ्यौ । खनखोरस गरेर बाटा हिड्न सजिलो बनाउथ्यौ ।
दुर्गा लागे पछि घटस्थपाना पछाडिका दिनहरु कोटकोटमा बिहान बेलुका बाजा बज्दथे । बिहानबिहान बाजाले नै ब्युझयाथ्यो । सम्म्योग नै त्यस्तै हो कि आकाशमा त्यतीबेला समूहसमुहमा थुप्रै चराहरु उत्तरबाट दक्षिण तर्फ जान्थे । हामिले तालतरा भन्थ्यौ । सायद तालमा बस्ने चरा भएर तालचरा भनेको होजस्तो लाग्छ । आकाश माथीमाथी आउदा हामीले साथीभाइ दिदीबहिनी मिलेर पारीपारी टाडा माथि धित नमरुन्जेल हदेर्थ्यौ । अति आनन्दित मन हुन्थ्यो । सारै रमाउथ्यौ ।