रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको ज्यान गयो

प्रकाशित मिति:

रुपन्देही –रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बसन्तपुरस्थित भैरहवा–परासी हुलाकी सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिन एकको ज्यान गएको छ, भनेका अर्का एक जना गम्भीर घाइते भएका छन् ।शनिबार दिउँसो १२ः४५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ डी ४७०८ नम्बरको लहरी ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४७ ८९०५ नम्बरको मोटरलाइकललाई ठक्कर दिदा बीस बर्षीय बलाराम चाईको ज्यान गएको हो ।

मोटरसाइकलको पछाडि सवार १८ वर्षीय आकाश गुप्ता भने गम्भीर घाइते बनेका छन् । आकाशको छात्ति र खुट्टामा चोट लागेको छ । अहिले उनको मध्यम भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।ट्याङ्की फुटेर आगलागी हुँदा मोटरसाइकल पूर्ण रुपमा जलेको छ, भने ट्रकको पछाडिको चारै वटा टायरहरु जलेका छन् । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । यो घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।