नेपाली कङ्ग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

जगिलाल थापा /कञ्चन-नेपाली कङ्ग्रेस रुपन्देही जिल्ला क्षेत्र नंबर ५ को आयोजनामा नजिकिदै गरेको दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा जनसभा कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेपाली कङ्ग्रेसका संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको प्रमुख आतिथ्यता तथा प्रतिनिधी सभा सदस्य तथा संसदिय लेखा समितीका सभापति भरतकुमार शाहको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।नेपाली कङ्ग्रेसका संस्थापक नेता बिपी कोईरालाले २०३३ सालमा मेलमिलापको कार्यक्रम लिई पञ्चायती ब्यवस्थाका बिरुद्धमा बामपन्थि र नेपाली कङ्ग्रेसको संयुक्त आन्दोलनको शरुवात गरको स्मरणमा २०३३ सालदेखी कोजाग्रत पुर्णिमाको अवसरमा हरेक बर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रमको निरन्तरता दिदै आज सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी खाँणले नजिकिदै गरेको शुभ दिपावली तथा छठ पर्बको शुभकामना ब्यक्त गर्दै सम्पुर्ण नेपालीहरुमा सुख शान्ती समृद्धीको कामना गर्नुभएको छ । उहाँले फरक प्रशंगमा बोल्दै नेकपाको सरकारले यदी मानव अधिकार, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालको एकदलिय शासन ब्यवस्था ल्याउन खोजेमा त्यो कुनैपनि हालतमा मान्य नहुने बताउनुभएको छ ।प्रमुख अतिथी समेत रहनुभएका खाँणले दुईतिहाई बहुमत प्राप्त नेकपा सरकारले चुनावका बेलामा सुकुम्बासी समस्या समाधान गर्ने भनी घोषणापत्रमा उल्लेख गरेको भएपनि सो अनुरुप काम गर्न नसकेको बताउदै उल्टै जग्गा दलाल र भ्रष्टहरुलाई प्रसय दिईरहेको आरोप लगाउनुभएको छ।यसैबिच कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तथा संसदिय लेखा समितीका सभापति भरतकुमार शाहले दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै नेकपाले जनताको जनजिवनमा प्रत्यक्ष लाई सकारात्मक प्रभाव पार्ने कुनैपनि कार्य नगरेको आरोप लगाउदै सामाजिक सञ्जालमा बिकास गरेको भन्दै भ्रम छर्ने काम गरेकोले जनता नेकपाप्रती आक्रोशित भएको बताउनुभएको छ ।

कार्यक्रममा नेपाली कङ्ग्रेस रुपन्देही जिल्ला समितीका सभापति अब्दुल रज्जाक , राष्ट्यि सभा सदस्य दुर्गाप्रसाद शर्मा , बिष्णु पोखरेल , नेपाल महिला संघकी नेत्री अनिता शाह लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।नेपाली कङ्ग्रेसका संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र प्रतिनिधी सभा सदस्य तथा संसदिय लेखा समितीका सभापति भरतकुमार शाहले बिभिन्न राजनितिक दल परित्याग गरी नेपाली कङ्ग्रेसमा प्रबेश गरेका नवप्रवेशी करिब ३ सयजना कार्यकर्ताहरुलाई अबिर र माला लगाई संयुक्तरुपमा स्वागत गर्नुभएको छ ।
नेपाली कङ्ग्रेस रुपन्देही जिल्ला क्षेत्र नंबर ५ का क्षेत्रिय सभापति वसीउल्लाह मुसलमानको अध्यक्षता तथा क्षेत्र नंबर ५ ९क० का सभापति रामबहादुर थापाको स्वागत तथा क्षेत्रिय सदस्य कृष्णप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।