बोलिमा भन्दा कर्ममा बिश्वास गर्ने जनता को पतिनिधी बन्न चाहेको सभापति शाहको भनाई

प्रकाशित मिति:

रुपन्देही-रुपन्देही क्षेत्र नं। ५ का प्रतिनिधिसभाका सदस्य समेत रहेका शाहले आफुले गरेका विकास निर्माणका कामलाई कम्युनिष्टका प्रतिनिधिले आफुले गरेको हो भन्दै सामाजिक सञ्जालमा प्रचार गरेको बताए । उनले आफु समाजिक सञ्जाल र प्रचार प्रसारको पछि नलाग्ने बताउँदै काममा विश्वास गर्ने र काम मात्र गर्ने नेता भएको बताए ।

विकास निर्माणको काम गरेर जनताको मन जित्ने नेता भएको शाहको भनाई छ । यस क्षेत्रका जनताले आफुलाई ३ पटक जिताएकोमा धन्यबाद दिदैं उनले अबको बाकी जिवन जनतामा समर्पित गर्ने शाहले बताए ।अब १ वर्ष भित्रमा आफ्नो निर्वाचन क्षेत्रमा कोही पनि विजुली विहिन नहुने आश्वासन समेत दिए । सबै घर घरमा विजुली पुग्छ शाहले भने नपुगेको ठाउँमा भन्नुहोस पोल , तार ट्रान्सफरमर पुग्छ मलाई भन्नुहोस जसरी पनि पुराउँछौं ।नेपाली कांग्रेस क्षेत्र नं। ५ का सभापति ओसिउल्लाहा मुशलमानको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सभापति अब्दुल रज्जाक , राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्याय , प्रदेश सभाका सदस्य फकरुद्धिन खाँ, काग्रेस युवा नेता विष्णु पोखरेल, अनिता शाह , कृष्ण प्रसाद शर्मा लगायतले बोलेका थिए ।कार्यक्रममा सैनामैना, लुम्बिनी नगरपालिका , कञ्चन गाउँपालिकाका विभिन्न पार्टिहरु परित्याग गरि ३५१ जना स्थानीय नेपाली कांग्रसमा प्रवेश गरेका थिए