एस्टन भिल्लामाथि म्यान्चेस्टर सिटीको सहज जीत

प्रकाशित मिति:

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ ।शनिबार भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई ३–० ले हराएको हो । सिटीले जीतसँगै शीर्ष स्थानको लिभरपुलमाथि दबाब बढाएको छ ।उसले लिभरपुलसँगको दुरी ३ अंकमा झारेको छ । सिटीको जीतमा रहिम स्टर्लिङ, केभिन डी ब्रुईन, गुन्डोगनले समान एक एक गोल गरे ।

तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।६५ औ मिनेटमा ब्रुईनले सिटीको अग्रता दोब्बर पारे । गुन्डोगनले ७० औ मिनेटमा गोल गर्दै सिटीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।खेल सकिन तीन मिनेट अगाडी फर्नान्डिन्हो रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।सिटीले १० खेलबाट २२ अंक जोड्यो । शीर्ष स्थानको लिभरपुलको २५ अंक छ । एस्टन भिल्ला ११ अंक सहित १३ औ स्थानमा छ ।