‘च च हुई’ ट्रेलर  मिरुनाको पछि पछि आर्यन (भिडियो)

प्रकाशित मिति:

काठमाडौँ –आउँदो मंसिर ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । काग तिहारको अवसरमा निर्माण टिमले कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । हङकङ रिर्टन्स दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतार चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । अभिनेता आर्यन सिग्देल र कलाकार भोलाराज सापकोटालाई ट्रेलरमा ‘इडिएट’ को रुपमा परिचय गराइएको छ । अभिनेत्री मिरुना मगरसँग आर्यनको लभ केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ । पूर्णतय कमेडी कथावस्तुमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक भुटिया स्वयं हुन् । ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ ।‘च च हुई’ का गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ । निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल फिल्म बनाउने प्रयत्न गरेको बताए । अभिनेता आर्यन र अभिनेत्री मिरुनाले फिल्म राम्रो बनेको बताए । दुबै फिल्मलाई लिएर उत्साहित छन् ।