‘धूम ४’ मा अक्षय हुने चर्चा निराधार

प्रकाशित मिति:

एजेन्सी-यशराज फिल्म्सको चर्चित सिरिज ‘धुम ४’ मा बलिउड अभिनेता अक्षय कुमार देखिन लागेको खबर केही दिनयता निकै चर्चामा छ । चर्चित पत्रिका मिड डेले फिल्ममा उनले भिलेनको भूमिका निर्वाहा गर्न लागेको खबर छापेको थियो । तर, यो सत्य नभएको निर्माण कम्पनी यशराज फिल्म्सले बताएको छ । फिल्ममा अक्षय हुने कुरा निराधार र गलत रहेको कम्पनीको भनाई छ ।एक मेलमा यो कुरालाई खण्डन गर्दै यशराज फिल्म्सले खुलासा गरेको छ, “आर्टिकल विल्कुल गलत र निराधार छ ।” मेलमा अगाडि भनिएको छ, “यशराज ब्यानरका लागि ‘धूम’ एक अत्यन्त महत्वपूर्ण प्रोजेक्ट हो, तर अहिले ‘धूम ४’ का लागि कुनै विचार र स्क्रिप्ट छैन ।” ‘धूम’ को अघिल्ला तीन सिरिजले बक्सअफिसमा जबरजस्त व्यापार गर्न सफल भएका थिए ।

धूम’ को अघिल्ला तीन सिरिजमा प्रमुख भूमिका निभाएका अभिषेक बच्चन र उदय चोपडा चौथो सिरिजमा नदेखिने दाबी पनि मिड(डेले आफ्नो रिपोर्टमा गरेको छ । केही समयअघि ‘धूम ४’ मा ‘मिस वर्ल्ड २०१७’ की विजेता मानुषी छिल्लरले लिड रोलमा अभिनय गर्न लागेको चर्चा चलेको थियो । तर, यी सबै कुरा निराधार रहेको यशराज फिल्म्सले बताएको छ ।धूम’ सिरिज खासगरि आफ्नो भिलेन चरित्रका कारण चर्चित छ । सिरिजको पहिलो फिल्ममा भिलेनको रुपमा जोन अब्राहमले अभिनय गरेका थिए । ‘धूम २’ मा रितिक रोशन र ‘धूम ३’ मा आमिर खान दोहोरो भूमिकामा देखिएका थिए । दर्शकमाझ यो फिल्मको चौथो सिरिजको लामो समयदेखि प्रतिक्षा भइरहेको छ । तर, अझै निर्माण हुने छाँटकाँट देखिएको छैन ।