गायिका कुसुमको “जुग जाने माया”ले दर्शक श्रोताको मन जित्दै

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – मोफसलको राजधानी बुटवलमा बसेर कलाकारिता र शिक्षण (अध्यापन )पेशामा अगाडी बढाईरहेकी गायिका कल्पना कुसुम को भर्खरै मात्र बजारमा आएको जुग जाने माया गितले दर्शक श्रोताको माया निरन्तर पाईरहेको छ । उसो त गायिका कुसुमका गित प्राय गित लोकप्रिय छन । केहि दिन अघि बजारमा आएको गित जुग जाने माया गितमा कल्पना कुसुम र बालकृष्ण पाण्डेको स्वर रहेको छ ।

गितमा शब्द संगीत चर्चित गितकार एबम संगीतकार राजकुमार बगरको रहेको छ , भने संगीत संयोजन कमल सौरागले गरेका छन । भिडियोमा नेपाली म्युजिक भिडियो र चलचित्र क्षेत्रका चर्चित नायक पल शाह र स्मारिका कुँवरकको अभिनय रहेको छ । अर्जुन तिवारीको छायांकन मिलन बिश्वकर्माको सम्पादन रहेको छ । गितमा निर्द्देशन बिक्रम चौहानले गरेका छन । गायिका कुसुमकै आधिकारिक यूटुब च्यानल देखि गित रिलिज गरिएको छ । यो समाचार तयार पार्दा सम्म ३ लाख ८३ हजार भन्दा बढी हेरिएको छ । दर्शक श्रोताको मायाको कारण आफू अत्यान्त खुसि भएको गायिका कुसुम बताउछिन । गायिका कुसुम पछिल्लो समयमा बिभिन्न स्टेज कार्यक्रममा उद्घोषण पनि गर्दै आईरहेकी छन । उनको मख्खै पर्यो भमरा, लेहेंगा लगाउछु , रानी चरी लगायतका गितहरु चर्चित छन । गितको सफलताको शुभकामना हेरौ सोहि गित