लक्ष्मीपूजा कसरी गर्ने (तरिकासहित)

१० कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
1K Shares


आज घरघरमा लक्ष्मीको पूजा गरि कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ । यो अमावस्य पर्व अर्थात कालो औशीको रात भन्ने बुझिन्छ । तर यो कालो औंशीको रातलाई हामी बत्ती बालेर सकेसम्म तेलका दियोहरु,घ्यूका दीपकहरु, मैनबत्तीहरु, बिजुली बत्तीहरु बालेर उज्यालोको पर्वमा जागरण गरेर, लक्ष्मीको उपासना गरेर लक्ष्मी भित्र्याउदैछौं । समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् । उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ । पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योषशास्त्रले बताएको छ।

१। सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।२। यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।३। लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।४। त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।५। लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।६। त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।१२। कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली जनसंम्पर्क समिती अमेरीकाको अध्यक्षबाट गोरख (आनन्द)  बिष्टलाई हटाउने निर्णय
  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…