समाजसेवी नेपाली दिए भगवति निमाविलाई १लाख बढिको सहयोग 

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी-गुल्मी मुसिकोटको एक निम्न माध्यमिक विद्यालयको लागि एक व्यक्तिले एक लाख भन्दा बढि आर्थिक सहयोग गरेका छन् ।मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेमा स्थित श्री भगवति निम्न माध्यमिक विद्यालयको लागि सोही मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे निवासी समाजसेवी शंकर नेपालीले विद्यालयलाई १लाख,१हजार आर्थिक सहयोग गरेका हुन ।

हाल बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा कार्यरत रहेका समाजेसी नेपालीले उक्क्त सहयोग रकम विद्यालयको चन्दादाता सम्मान कार्यक्रमको अवसरमा समाजसेवी नेपालीले सहयोगको घोषणा गरेका हुन ।