स्याङ्जा सहयोग समाज कतारको विशेष भेला सम्पन्न

प्रकाशित मिति:

बैदेशिक रोजगारीको सिलशिलामा कतारमा आएका स्याङ्जालि हरुको साझा सस्थाको रुपमा चिरपरिचित स्याङ्जा सहयोग समाज कतारले विशेष भेला कार्यक्रम सम्पन्न गरेको छ  ।“स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना “ भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापित सस्थाको भेलाले आगामी २३ नोभेम्बर २०१८ शुक्रबारका दिन सातौं साधारण सभा तथा अधिबेशन गर्ने निर्णय गर्दै साँगठनिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन ब्यापक छलफलका साथ सर्वसम्मत पारित गरेको छ ।

गत शुक्रबार दोहामा सम्पन्न भएको भेलाले सातौ साधारणसभा सहजिकरणका लागि बिबिध उपसमितिहरु गठन गरेको छ जसमा लेखा समितिमा टुकराज अर्याल, बिधान संशोधनमा बिल बहादुर गुरुङ लाई संयोजक तोकिएको समाजले जनाएको छ । । यसैगरी नोभेम्बर ९ तारीख सम्मका लागि सदस्यता खुलागर्दै सदस्यता नवीकरण तथा वितरणका लागि समाजका उपाध्यक्ष घनश्याम अर्याललाई संयोजक तोकेको छ ।समाजका अध्यक्ष धनञ्जय लम्सालको सभापतित्व, संस्थापक उपाध्यक्ष तथा बर्तमान सल्लाहकार पुर्ण केसीको प्रमुख आतिथ्यता, सँस्थापक सदस्य तथा सल्लाहकार गुरुनारायण रानाभाट, सल्लाहकारहरु टुकराज अर्याल, भेषराज पराजुली,बिल गुरुङ लगायतको आतिथ्यता रहेको कार्यक्रममा समाजका सह –कोषाध्यक्ष प्रकाश परियारले स्वागत मन्तब्य राखेका थिए भने साँस्कृतिक बिभाग सँयोजक शिवराम ढकालले कार्यक्रम सँचालन गरेका थिए ।