तिहारमा झिलिमिली बुटवल

प्रकाशित मिति:

सबलपोस्ट/बुटबल-  काग तिहारकै साँझदेखि घर, बजार एवं बस्ती झकिझकाउ सिगारिएका छन । बुटबलकाे मुख्य बजारकाे रुपमा मानिने अमरपथ सहित बुटबलका बिभिन्न चाेकचाेक तथा सबै ठाउँहरुमा साँझको समयमा झिलिमिलिका बत्तिका साथै पटका पड्काउने भाैलाे खेल्ने र विभिन्न तिहार विशेष सांस्कृतिक कार्यक्रम हरुले बुटबल बजार गुन्जायमान भएकाे छ । यहाँ तिहारको केही दिन अगाडिदेखि नै झिलिमिलि देखिन थालिएको हो ।

उज्यालो पर्वका रूपमा समेत चिनिने तिहार सुरू हुन एक दिन बाँकी छ । तिहारमा घर आँगन झिलिमिलि बनाउन चारैति र बत्ती बाल्ने गरिन्छ । दियो तथा मैनबत्ती बाली झलिमिलि बनाउने परम्परागत प्रचलनलाई हिजोआज बजारमा पाइने रङिगविरङ्गि बिद्युतिय बत्तिकाे बढ्दाे बजार मागले दियाे र मैनबत्ति विस्थापित हुँदै गएकाे छ।

केही वर्ष यता तिहारमा विभिन्न प्रकारका विद्युतिय बत्तिको प्रयोग गर्ने क्रम बढेको छ । तिहार आउन केहि दिन अघि नै शहरका घर, पसल तथा बाटोमा बिद्युतिय बत्तीको उज्यालो देखिन सुरु भएको छ। तिहारको मुख्य आकर्षण भनेको नै झिलिमिलि नै हो । आ- आफ्नो घर आँगन भिलिमिलि बनाउन बिद्युतिय बत्ती खरिद गर्नेहरुको अहिले पनि बजारमा चहलपहल बढेकाे छ हिन्दु धार्मिक विधिले पूजाआजा नगरे पनि सबै जाति, समुदाय र धर्म हरुले घर वरिपरि उज्यालो पारेका छन् । महंगी र अभावको पीडा सहँदै पर्व खर्चमा कटौती गरे पनि स्थानीयले खुशीका साथ तिहारको स्वागत गरिरहेका देखिन्छन् ।