‘म पक्राउ परेको छैन’ – सांसद इन्द्र बानियाँ

१० कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
11 Shares


काठमाडौँ – प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् । सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘म हिजो ७–८ बजेतिर हेटौँडाबाट काठमाडौँ आएको हुँ । त्यसपछि म कहिँ पनि गएको छैन । घरमा नै छु ।’ उनले आफू घर मै रहेको र सानेपामा तरुण दलले आयोजना गरेको चियापान कार्यक्रममा जान लागेको समेत जानकारी दिए । मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ३ बाट विजयी प्रदेशसभा सदस्य हुन् । महाराजगञ्ज प्रहरीले पक्राउ गरेका २५ जुवाडेहरुमा बानियाँ पनि परेको भन्ने समाचार प्रकाशित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा