कुलमान भन्छन – ‘तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली बाल्नुस्’

प्रकाशित मिति:

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्ती नजाने बताएका छन् । उनले तिहार झिलिमिलि चाडमा बत्ती गए अप्ठेरो पर्न सक्नेतिर आंकलन गरेका घिसिङले भने,‘चाहे जति बिजुली बाल्नुस् ।’

बीबीसी नेपाली सेवासँगको भिडियो कुराकानीमा घिसिङले भनेका छन्,‘म आफैं पनि तिहारमा अँध्यारो हुँदा समस्या खेपेको अनुभव बटुलीसकेको मान्छे हुँ गएको बर्ष पनि बत्ती गएको थिएन, यो बर्ष पनि जाँदैन ।’