९० बर्षका मन बहादुर थापाले पहिलो पटक स्टुडियोमा गाए नयाँ सोरठी ’शिरै चढाऊँला’ गित

प्रकाशित मिति:

कौरव खत्री / गुल्मी १० कार्तिक – गुल्मीका एक ९० बर्षीय बयोवृद्धले पहिलो पटक स्टुडियोमा पुगेर नयाँ सोरठी भाका ’शिरै चढाऊँला’ गित गाएका छन् । चन्द्रकोट गाँउपालिका ५जोगिस्थान निवासी वयोवृद्ध गायक मन बहादुर थापाले नयाँ सोरठी भाकामा ’शिरै चढाऊँला’ भन्ने गितमा स्वर दिएका छन् उनीसँगै उनका छोराहरु भूपाल प्रसाद थापा,बावुराम थापा र साथमा चर्चित कलाकार सन्तु थापा र गिता पाइजा लगायतको सुमधुर स्वर रहेको छ । यस ’शिरै चढाऊँला’गितमा शब्द संकलन भने बयोवृद्ध गायक मन बहादुर थापाका छोरा भूपाल प्रसाद थापाले गरेका छन् ।

तिहार विशेष गाइने सोरठीलाई डिजिटल प्रविधिको अहिलेको जमानामा सदैव जिवित राख्न र पाकापुस्ताका कला गलाको संरक्षणमा सशयोग पुग्ने कलाकार सन्तु थापाले जानकाी दिए । सोरठीका गुरु भनेर गाँउघरमा चिनिने वयोवृद्ध मन बहादुर थापाले पहिलो पटक स्टुडियोमा पुगेर गित गाएर रेकडिङ गरेका हुन । गत शुक्रवार युटुव मार्फत सार्वजनिक गरिएको भिडियोलाई कलाकार सन्तु थापाले निर्देशन गरेका छन् ।