उमेर अगाडि नै बुढ्यौली आए यी कुरामा ध्यान दिनुहोस्

१० कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
12 Shares


आफ्नो उमेरभन्दा जवान देखिन कसलाई पो मन हुँदैन र रु तर आजकलका अधिकाशं मानिस उमेरभन्दा बूढो देखिने गर्दछन् ।यसको मुख्य कारण भनेको स्वास्थ्यको हेरचाह नहुनु र जंक तथा फास्टफुड लगायतका हानिकारक वस्तुको सेवन र शारीरिक ब्यायामको अभाव नै हो । यस्तो बानीले मानिस उमेरभन्दा छिट्टै बूढो देखिन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला चाउरी पर्छ तथा आँखा मुनि कालो हुँदै जान्छ । डिप्रेसनमा रहेका ब्यक्ति, धेरै नुनको सेवन गर्ने र नशाका रोगीहरुमा छिट्टै बुढ्यौलिपना आउँछ ।तर आजकल अधिकाशं युवामा यी लक्षणहरु उमेर नपुग्दै देखिन थालेको छ । यदि तपाईं जवान देखिन चाहनुहुन्छ भने तलका टिप्सको पालना गर्नुहोस्, यसले तपाईलाई जवान राख्न केही हदसम्म मद्दत गर्छ स्१। धेरै पानी पिउनु हुँदैन-धेरै पानी पिउने बानी छ भने यसलाई सुधार गर्नुहोस् । धेरै पानी पिउँदा मृर्गौलामा अत्याधिक दवाब पर्न गई पछि गएर काम गर्ने क्षमता गुम्दै जान्छ । यसले पनि बुढ्यौली निम्त्याउँछ ।

२। अबेर रातिसम्म जागा नबस्नुहोस्-मोबाइल चलाउने बानीले आजकलका धेरै मानिस अबेर रातिसम्म सुत्दैनन् । तर राति ढिलो गरी सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । जसले मानिसलाई छिटो बूढो देखाउने गर्दछ ।३। मसलायुक्त खाना नखानुहोस्-शरीरले धेरै मसलायुक्त खाना पचाउँन सक्दैन । अझ कम चपाएर खाइएको खाना पचाउन शरीरलाई निकै बल पर्छ । यस्तोमा मानिसको आन्द्रामा भार पर्न गई शरीरको ऊर्जा सकिन्छ र छिट्टै बुढ्यौली आउँछ ।४। शारीरिक ब्यायाम गर्नुहोस्-आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउँदैनन् । शारीरिक ब्यायाम समेत हुँदैन । यस्तोमा शरीरका कोशिकामा परिवर्तन आउँछ र बुढ्यौलीपना बढ्दै जान्छ ।५। समयमा दिशापिसाब गर्नुहोस्-कामको ब्यस्तता वा अन्य कारणले मानिसहरु धेरै बेर दिशापिसाब रोकेर बस्छन् । यसो गर्दा मृर्गौला र आन्द्रामा दवाब पर्न गई गम्भीर रोगमा परिणत हुन्छ । र बिस्तारै बुढ्यौलीपना देखिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • देशका मुख्य शहरमा रोकिएका विद्यार्थीलाई राहतको व्यवस्था गर्न नेविसंघ महामन्त्री…
  • नेपाल भारतको सिमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल उद्धार…
  • सर्लाहीका एम्बुलेन्स चालकहरुलाई पिपिई वितरण ।
  • स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा पर्यो उजुरी
  • थापाको परिवारलाइ क्षतीपुती दिन तरुणदल बुटवलको माग
  • निजि बिद्यालय भन्छन –“सरकारको निणर्य कार्यन्वयनमा समस्या छ ।”
  • घरबहाल छुट दिन सरकारले गरेको अनुरोधको स्वागत
  • विपन्न परिवारलाई खाद्यान्न वितरण
  • कोरोनाकोषमा पूर्वराजा ज्ञानेन्द्र द्धारा दुई करोड सहयोग
  • पोर्चुगलमा संगै वस्ने ८ नेपाली कोरोना संक्रमित