लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीको अवसरमा साहित्य दर्पण पुस्तक विमोचन सम्पन्न

११ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
38 Shares


बर्दघाट-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । साथै जन्मजयन्तीको अवसर पारेर देश विदेशमा विविध साहित्यक कार्यक्रमहरु सम्पन्न भएका छन । यसैबीच बर्दघाट साहित्य समाजले प्रमाण पत्र वितरण तथा साहित्य दर्पण पुस्तक विमोचन कार्यक्रम बर्दघाटमा सम्पन्न् गरेको छ । बर्दघाट साहित्य समाजको आयोजना र बर्दघाट नगरपालिको आर्थिक सहयोग रहेको कार्यक्रममा समाजका अध्यक्ष दिनानाथ पौडेलको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वस्यालले नगरक्षेत्रमा नयां साहित्कारहरु जन्माउने र भएकाहरुलाई संगठीत बनाएर अघि बढ्ने योजनामा रहेको यस साहित्य समाजलाई आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्ने र अभिभावक्त ग्रहणगर्दै संरक्षकको रुपमा रहने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । सो अवसरमा साहित्यकार डा. घनश्याम न्यौपानेले लक्ष्मी प्रसाद देवकोटाको संक्षिप्त जिवनी प्रस्तुत गर्दै यस क्षेत्रमा साहित्यिक संस्था गठनलले अब बर्दघाट साहित्यको क्षेत्रवाट समेत परिचीत हुने धारणा राख्नु भएको थियो । त्यसैगरी सामाजिक संघ संस्थाका तर्फवाट बोल्दै रुद्र प्रकाश उपाध्यायले साहित्यिक माहोल सृजना गरेरमात्र नहुने भएकाले त्यसको निरन्तरताको खांचो रहेकोमा जोड दिनु भयो । सोही कार्यक्रममा आफुहरुलाई बोलाएर रचना वाचन गर्ने मौका समेत नदिएको भन्दै कार्यक्रमका सहभागि केहि साहित्यकारहरु रुष्ठ भएका थिए । कार्यक्रम पश्चात पत्रकारहरुसंग कुरा गर्दै उनीहरुले साहित्यिक संगठनले आयोजना गरेको कार्यक्रममा साहित्यिक सृजनाहरु वाचन गर्ने मौका पाईदैन भने कसरी अन्य कार्यक्रममा अवसर पाईन्छ ? भन्दै उनीहरुले पत्रकारहरुसंग गुनासो गरेका थिए । नयां स्रष्टाहरुले सृजना गरेको रचना वाचनका लागि समय नभएपनि केहि अग्रज साहित्यकारहरुका केहि निश्चित रचनाहरु वाचन गर्ने मौका सृजना नहुनु दुखद भएको उनीहरुको भनाई थियो । लक्ष्मी प्रसाद देवकोटा,भानुभक्त आचार्य,मोतीराम भट्ट जस्ता कविहरुको जन्मजयन्तीका अवसरमा साहित्यिक संस्थाहरुले आयोजनागर्ने कार्यक्रममा नै साहित्कारहरुलाई रचना वाचन गर्ने मौका हुदैन भने त्यसलाई कसरी लिने ? उनीहरुको प्रश्न थियो । कार्यक्रममा समाजका उपाध्यक्ष हुमानाथ आर्चायले पुस्तकको समिक्षा गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव प्रकाश न्यौपानेले गर्नु भएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…