एनआरएनए एनसीसी युएईकाको संरक्षकत्वमा नेपाली बालमंचको गठन

प्रकाशित मिति:

युएईको अलऐन क्षेत्रमा विभिन्न पेशामा कार्यरत परिवार सहित बसोवास गर्ने नेपालीहरूका बालबालिकाहरूलाई समेटेर नेपाली भाषा, कला, साहित्य, संस्कृति ,भेषभुषा एवम् नेपाली राष्ट्रीय पहिचान गराउने उद्देश्यका साथ एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठको निर्देशनमा एनआरएनए युएई केन्द्रीय सदस्य कुमारी तामांगको पहल र अलऐन क्षेत्रीय समन्वय परिषदको अग्रसरतामा बृहद भेला गरी एनआरएनए एनसीसी युएईका अध्यक्षको संरक्षकत्वमा नेपाली बालमंचको गठन गरिएको छ।
सो भेला एनआरएनए अलऐन क्षेत्रका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, इनास, स्यांग्जा सेवा समाज, अर्घाखॉची सेवा समाजका क्षेत्रीय प्रमुखहरू सोही क्षेत्रमा कार्यरत नेपाली शिक्षक शिक्षिकाहरू तथा सम्बन्धित अभिभावक र बालबालिकाहरूको उपस्थिति रहेको थियो ।
बालबालिकाको नेतृत्व विकासका लागि एक कार्य समिति चयन गरिएको छ जसमा अध्यक्ष( फिरोज शाही ठकुरी , उपाध्यक्ष( रोशनी शाही ठकुरी, सचिव( सौभाग्य पौडेल, कोषाध्यक्ष( आर्यन लामिछाने, सदस्य( इच्छा अधिकारी, सदस्य( अटल बाबु ढकाल,
सदस्य( आरव लाम्छाने, सदस्य( नेशन राई, सदस्य( सम्पुर्ण पौडेल,लेना दाहाल सदस्य रहनु भएको छ साथै व्यवस्थापकीय सहयोगका लागि अभिभावकका तर्फबाट ज्योति शाही ठकुरी ( संयोजक, लजिता दाहाल उपसंयोजक, गंगा ढकाल सदस्य, सविना अधिकारी सदस्य, शशी लामिछाने सदस्य रहने गरी एक समिति गठन गरिएको छ ।
अब छिट्टै बालबालिकाको अतिरिक्त कृयाकलाप अन्तर्गत सॉस्कृतिक क्षेत्रका लागि ईनास र साहित्य क्षेत्रका लागि श्रृजना वाचन डबलीसंग र अन्य व्यक्तित्व विकासका लागि विज्ञहरूसंग समन्वय गर्दै भावी योजना बनाउने कुरा संयोजक ज्योति शाही ठकुरीले बताउनु भयो ।
निकट भविष्यमा अन्य ईमिरेट्समा पनि मंचको विस्तार गर्ने कुरा एनआरएनए युएईका प्रवक्ता मनु क्षेत्रीले बताउनु भयो ।