भैलो समूह बोकेको ट्याक्टर गुल्मीमा दुर्घटना १५ जना घाईते

प्रकाशित मिति:

गुल्मी । ट्याक्टर दुर्घटनामा परी गुल्मीमा १५ जना घाइते भएका छन्। घाइते हुने मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिए। देउसी भैलो खेल्न हिडेका समूह ट्याक्टरमा सवार भएका बेला बेला दुर्घटनामा परेको उनले बताए। एसपी खड्काका अनुसार जिल्लाको इस्मा गाउँपालिका ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

इस्मा गाउँपालिका ६ बुल्म घर भएकाहरु ४० वर्षे भुपेन्द्र कुमाल, २३ वर्षे पदम कुँवर, १२ वर्षे शेरे कुमाल, २९ वर्षे प्रेम कुमाल घाइते मध्ये गम्भीर घाइते रहेको र उनको पाल्पामा उपचार भइरहेको एसपी खड्काले बताए। दुर्घटनामा परेका घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरुको अवस्था सामान्य रहेको छ। दुर्घटनामा परेको ट्याक्टर सडकमै पल्टीएको छ। ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।