तरुण दलको स्थापना दिवसमा कारागारमा खानेपानी टंकी हस्तान्तरण

प्रकाशित मिति:

स्याङ्जा । नेपाल तरूण दल क्षेत्रीय समिति १ ले जिल्ला कारागार शाखालाई एक हजार लीटर क्षमताको खानेपानी टंकी आइतवार हस्तान्तरण गरेका छन् । तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर कारागार भित्र रहेका बन्दीहरुलाई लक्षित गर्दै खानेपानीको टंकी उपलब्ध गराएको क्षेत्रीय समितिका अध्यक्ष कुमबहादुर गुरुङ्ले जानकारी दिए ।

कारागारभित्र पानीको बढ्दो समस्या रहेको र बन्दीहरुका लागि टंकी उपलब्ध भएमा सहजता हुने कारागार प्रशासनको भनाई बमोजिम तरुण युवाहरुले खानेपानी टंकी खरिद गरी कारागारका सुरक्षाकर्मी एवं असई चित्रबहादुर मल्ललाई हस्तान्तरण गरेका हुन । टंकी हस्तान्तरण गर्दे क्षेत्रीय अध्यक्ष गुरुङ्ले कारागार शाखा सुधार गृह रहेको बताउदै बन्दी जीवनबाट धेरै कुराको ज्ञान लिनु पर्नेमा जोड दिएका थिए ।