तिहारमा मिठाई : मधुमेह भएकाले कसरी राख्ने स्वास्थ्यको ख्याल

प्रकाशित मिति:

जसरी दशैंमा खसीको पक्कु, माघे संक्रान्तिमा तरुल, असार पन्ध्रमा दही चिउरा । अर्थात चार्डपर्व अनुरुप विशेष परिकार । तिहारको पनि आफ्नै विशेष परिकार छ, सेलरोटी ।तिहारको अवसरमा हरेकको भान्सामा पाक्ने परिकार हो यो । सजिलै बनाउन सकिने परम्परागत परिकार भएकाले सेलरोटी नेपाली समाजमा सर्वव्यापी र सर्वप्रिय छ । त्यसो त सेलरोटी लगायत थरीथरीका मिठाई पनि तिहारको विशेष परिकार हुन् । तिहारमा लड्डु, जेरी, लालमोहन लगायतका विभिन्न खाले मिठाईका खाने गरिन्छ ।तिहार मिठाई खाने पर्व त हो तर मिठाई सबैका लागि हितकर हुन्छ भन्ने छैन । मिठाईले जिब्रोलाई सजिलै लोभ्याउँछ तर कतिपय अवस्थामा यसले स्वास्थ्यलाई हानी पनि गर्छ । भनेजस्तै तीहारमा खाइने परिकार हो, मिठाई । त्यसमा पनि सेलरोटी । चिनीजन्य परिकार भएकाले यसले ब्लडमा ग्लुकोजको मात्रा बढाउँछ । यसले मधुमेहको खतरा निम्त्याउँछ । अझ मधुमेह रोगीका लागि त मिठाई उपयोगी हुँदै हुँदैन । अधिकांश मिठाई मैदा, चिनी आदिको मिश्रणबाट बन्ने भएकाले यसको जथाभावी सेवनले कसैलाई पनि फाइदा गर्दैन ।

सुगर फ्री मिठाई  मधुमेहका समस्या झेलिरहेकाहरुले मिठाई सेवनमा खास सावधानी अपनाउनुपर्छ । हुन त अहिले सुगर फ्री मिठाई पनि उपलब्ध छन् । घरमै समेत सुगर फ्री मिठाई बनाएर सेवन गर्न सकिन्छ । दिनभर कम गुलियो खानेकुरा सेवन गरेको अवस्थामा बेलुकी केही मात्रामा गुलियो खानेकुराको सेवनले उनीहरुको शरीरमा खासै बेफाइदा गर्दैन ।आवश्यक छ व्यायाम मधुमेह भएकाले अनिवार्य रुपमा तिहार अघि र पछि रक्त परिक्षण गराउन आवश्यक छ । यसले उनीहरुलाई मधुमेह नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । मधुमेह भएकाहरुका लागि गुलियो खानेकुरा पचाउन व्यायाम उत्तिकै जरुरी छ । त्यस्तै, तिहारमा आफू्रले खाने खानेकुराको कैलोरीको मात्राबारे ध्यान दिएको अवस्थामा पनि मधुमेह बढेनबाट शरीरलाई बचाउन सकिन्छ । त्यस्तै, खान मिल्यो भन्दैमा अत्याधिक मात्रामा गुलियो पदार्थको सेवन पनि स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।