बलात्कार अभियोगमा अखिलका नेता पक्राउ

प्रकाशित मिति:

काठमाडौं– एक किशोरीमाथि बलात्कार गरेको अभियोगमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन् ।पीडित किशोरीको आधारमा काठमाडौं प्रहरीले राईलाई पत्राउ गरेको हो ।राईलाई काठमाडौंको जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । राईले एक चिनजानकी १८ वर्षीया किशोरीलाई ‘काम छ भन्दै बोलाएर’ काठमाडौंको गोकणेश्वर–६ मा रहेको आफ्नो साथीको कोठामा लगेर बलात्कार गरेका प्रहरीको भनाइ छ ।

‘काम छ भनेर बोलाएर साथीको कोठामा लगि बलात्कार गरेको भन्दै पीडित किशोरीले राईविरुद्ध उजुरी दिएकी छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पीडित युवतीलाई सोमबार राति नै उद्दार गरिएको हो । आरोपितलाई बिहान पक्राउ गरिएको हो ।’प्रहरीले अहिले पीडित किशोरीको मेडिकल परीक्षणसहित आरोपितमाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।