ब्राजिलको एक संग्रहालयमा भीषण आगलागी,, आगलागीको कारण पत्ता लागेन

१८ भाद्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


ब्राजिलको रियो दि जेनेरियोमा रहेको एक संग्रहालयमा भीषण आगलागी भएको छ । मुलुकको सबैभन्दा पुरानो विज्ञान संग्रहालयमा आगलागी भएको हो । यो संग्रहालयमा २ करोडभन्दा बढी सामग्रीहरु रहेका थिए ।

आगलागीको कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको वा घाइते भएको विवरण आएको छैन । यो संग्रहालय पोर्चुगलको राजकीय परिवारका लागि स्थापना गरिएको थियो । यसै वर्ष २ सय वर्ष पूरा भएको छ । आगो लागेको प्रकृतिले यो संग्रहालयको सेवा बन्द भइसकेपछि आगलागी सुरु भएको हो । यद्यपि अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया