आर्थिक वर्ष २०१९मा अमेरिकी बजेट घाटा सात वर्षयताकै उच्च

प्रकाशित मिति:

काठमाडौं । अमेरिकी सरकारको बजेट घाटा अघिल्लो वर्ष भन्दा २६ प्रतिशतले बढेको छ । उच्च सरकारी खर्च र कर्जा सेवा भुक्तानीमा भएको बृद्धिले गर्दा व्यपार घाटा बढेको अमेरिकी ट्रेजरी विभागले जनाएको छ । यो बजेट घाटा सात वर्ष यताकै उच्च रहेको समेत बताइएको छ ।उच्च सरकारी खर्च र कर्जा सेवा भुक्तानीमा भएको वृद्धि यस वर्षको सेम्टेम्बर सम्ममा अमेरिकामा ९ खर्ब ८४ अर्ब डलर बजेट घाटा भएको छ । अमेरिकी अर्थमन्त्रालयले गत शुक्रबार यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

अमेरिकी ट्रेजरी विभागका अनुसार सरकारी खर्च र कर्जा सेवा भुक्तानी करदाताहरूको संख्या भन्दा बढी भएकोले बजेट घाटा पनि बढेको हो । बजेट घाटाको यो आकार अमेरिकी कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को अनुपातमा ४ दशमलव ६ प्रतिशत रहेको छ ।यो आवधिमा सरकारी राजश्व ४ प्रतिशत बढेको छ भने खर्च ८ प्रतिशत भन्दा बढीले बढेको छ । कुल ४ हजार ४ सय ४७ बिलियन अमेरिकी डलर खर्च भएको छ । त्यस मध्ये तीनवटा मुख्य क्षेत्रमा बढी खर्च भएको छ । जसमध्ये सामाजिक सुरक्षामा १ हजार ४४ बिलियन डलर, राष्ट्रिय रक्षामा ६ सय ८८ अर्ब डलर र स्वास्थ्य सेवामा ६ सय ५१ बिलियन अर्ब डलर खर्च भएको छ ।आर्थिक वर्ष २०१९ मा संस्थागत कर भुक्तानी झण्डै ५ प्रतिशतले बढेको छ । अमेरिकाले चीनसँग गरेको व्यापार युद्धका कारण भन्सार कर भने बढेको छ ।