निर्मलले वनाए कीर्तिमान : ७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढे

प्रकाशित मिति:

काठमाडौं । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् ।३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए । पूर्व गोर्खा सैनिक पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु गरेका थिए । त्यसअनुसार १० वैशाखमा ८ हजार ९१ मिटर चढेका थिए । त्यसपछि धौलागिरी, कञ्चनजंघा, सगरमाथा चढे ।