कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर – रुमी

प्रकाशित मिति:

१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ ।– अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रिदैछन् । – कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ ।

सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटालाई प्रयोग गर्न भने सक्नुपर्छ ।– एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।– कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।– तिम्रो काम माया खोज्नु कदापी होइन, तिमीभित्रको अवरोधलाई खोज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैन ।– कसैले तिमीलाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।– कुनैपनि फूलहरु फुल्ने पानीको कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाजमार्फत होइन, शब्दहरु मार्फत बोल्ने गर ।