महान बन्ने मूल सूत्र– लगनशिलता

प्रकाशित मिति:

महान वैज्ञानिक अल्बर्ट आइस्टाइनसँग एक पटक एक जना युवाले सोधे, सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा गर्छन् । तपाईलाई सबैले महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने शुत्र के हो आइस्टाइनले मुस्कुराउँदै भने ‘यसको मूल सूत्र लगनशिलता हो’ । जब म तिम्रो उमेरको थिए गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउँछौं । म धेरैजसो समय गणितमा फेल हुन्थें । मैले सजाय पाउँथे । मेरा साथीहरु मलाई जितेर अघि बढ्थें ।

उनीहरु मेरो मजाक उडाउथे । म मन मारेर बस्थें ।एकदिन मैले सोचे आखिर म मा कुनै कमी त छैन । फेरि पनि म किन गणित देखि डराउने गर्छु रु बस, त्यो दिनदेखि नै मैले गणितका प्रश्नहरु समाधानका लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरुले खिल्ली उडाउन छोडेनन् तै पनि म मा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्छु । र यही लगनशिलताले मलाई आज यहाँसम्म पुर्‍यायो । लगनशिलता नै सफलताका सूत्र हो, गुरुमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।