कोकाकोलाले अमेरिकी कम्पनी कोस्टा खरिद गर्ने

प्रकाशित मिति:

विश्वव्यापी व्यापार विस्तार गरिरहेको पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले कफी तथा खुद्राको व्यापार गरिरहेको अमेरिकी कम्पनी कोस्टा खरिद गर्ने भएको छ। कोकाकोलाले यो कम्पनीलाई पाँच अर्ब १० करोड अमेरिकी डलरमा खरिद गर्न लागेको हो। कम्पनीको लागि यो पछिल्लो आठ वर्षयताकै सबैभन्दा ठुलो खरिदको सम्झौता हो।

पछिल्लो समय विश्व बजारमा प्रतिस्पर्धा चुलिएको अवस्थामा कोकाकोला कम्पनीले यस किसिमको योजना अघि सारेको हो। गत जुन महिनामा अर्को कम्पनीसँग सम्झौताको तयारी भइरहेको अवस्थामा कोकाकोला कम्पनीले कोस्टासँग सम्झौता गरेको हो। पछिल्लो समय कोकाकोलाको सेयर बजारमा आइरहेको गिरावटको अवस्थामा यस किसिमको सम्झौता भएको हो।