महाधिवेशनको विकल्प महाधिवेशननै हो

प्रकाशित मिति:

निलकण्ठ रिजाल- यतिबेला कांग्रेस सत्ता राजनीतिू भन्दा पुर्णरुपमा बाहिर छ, फुर्सदमा पनि छ। संगठन निर्माण र सुदृढीकरणको लागी यो सुबर्ण मौका पनि हो। नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगतै हामी संघियर प्रदेशर स्थानीय निर्वाचनहरुमा होमिनु पर्ने अवस्था छ। ती निर्वाचनहरुमा नेपाली कांग्रेसले एकीकृत कम्युनिस्ट पार्टीको दबदबा संग जुध्दै, अघिल्लो निर्वाचनमा आफ्नो गुमेको साखलाइ फिर्ता गर्दै मुलुकको सबभन्दा ठूलो पार्टीको रुपमा कांग्रेसलाई स्थापित गर्नुछ। त्यसको लागि संगठित र मजबुत कांग्रेसको आवस्यकता पर्दछ। मजबुत कांग्रेसका लागि यसका भातृ संस्थाहरु मजबुत हुनु पर्दछ। त्यसैले नेपाली कांग्रेसको १४औ महाधिवेशन आगाडिको समयलाई सदुपयोग गर्दै नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, किसान संघ लगायतका भातृ संस्थाहरुमा नयाँ र उर्जाशिल नेतृत्व स्थापित गर्न महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरणू को प्रक्रियामा जानू पर्दछ। नेतृत्व हस्तान्तरणका लागि सबै भातृ संस्थाहरुको महाधिवेशनको विकल्प छैन।
महाधिवेशनको विकल्प महाधिवेशननै हो  , यसका लागि कांग्रेस नेतृत्वले  बेलैमा ध्यान पुर्याउने हो कि ?