प्रधानमन्त्री बिरामी भएपछी ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना

प्रकाशित मिति:

काठमाडौं, कात्तिक १३ स् प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। उनलाई आज बिहान ग्रान्डी ईन्टरनेस्नल अस्पताल भर्ना गरिएको छ।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै अस्वस्थ महसुस गरेका थिए। उनका निजी चिकित्सकले हेरिरहेका थिए। आज अप्ठ्यारो महसुस गरेपछि धापासीस्थित ग्रान्डी ईन्टरनेस्नल अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीलाई बिहानै ग्रान्डी अस्पताल लगिएको हो। उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।प्रधानमन्त्रीलाई के भएको हो भन्ने खुलाईको छैन।यस अघि प्रधानमन्त्री ओलीको सि‌ंगापुरमा उपचार गरिएको थियो। उनको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। जसले गर्दा स्वास्थ्यमा समस्या आएपछि साउन र भदौमा दुई पटक सिंगापुर गएर उपचार गराएका थिए।