प्रधानमन्त्री ओली अझै ग्राण्डी अस्तालमै

प्रकाशित मिति:

काठमाडौं- नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज राति अस्पतालमै रहने सम्भावना छ ।सबै परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले आज राति अस्पतालमै रहने सम्भवाना बढेको स्रोतले बतायो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेका छन् ।विहान साँढे ९ बजे अस्पताल पुगेका प्रधानमन्त्री साँझसम्म निवास फर्किने बताइए पनि रिपोर्ट आउन ढिला भएका कारण अझै अस्पतालमै छन् । प्रधानमन्त्री ओलीलाई केहीबेर अघि आइसियूबाट किड्नी ट्रान्सप्लान्ट युनिटमा सारिएको अस्पताल स्रोतले जनाएको छ।

परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार नियमित परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो ।यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर लगाएर स्वास्थ्य जाँच गरिएको थियो । सिंगापुरमा उपचार गराए आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर गएका थिए । त्यहाँ उनको ‘प्लाज्मा फेरेसिर’ गरिएको थियो । ओलीको मिर्गौलामा ‘एन्टीबडी’ को मात्र बढेपछि प्लाज्मा फेरेसिस गरिएको थियो ।प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।