म्याग्दीको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

प्रकाशित मिति:

म्याग्दी-म्याग्दीको मंगला गाउँपालिका–३ कस्केरीमा एउटा घरमा आगलागी भएको छ । बुधबार स्थानीय भीमबहादुर थापाको घरमा आगलागी भएको हो ।

आगलाीबाट घर जलेर नष्ट भएको छ । घरका भौतिक सामग्री जलेर खरानी भएका छन् । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।