कुलतमा फ‌सेको युवतीको भूमिकामा अभिनय गर्न मन छ: सुमी मोक्तान

प्रकाशित मिति:

काठमाडौं – नायिका सुमी मोक्तान चलचित्र ‘सरौतो’ मार्फत दर्शकमाझ आउँदै छिन् । नृत्यका कारण सुमीको चर्चा राम्रै हुने भए पनि उनले अभिनयमा भने खासै दम देखाउन सकेकी छैनिन् । ‘सरौतो’ बाट भने उनी आशावादी छिन् । फिल्ममा सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।सुमी भन्छिन्, ‘यो फिल्मका लागि मैले झण्डै डेढ वर्ष मार्सल आर्ट सिकेँ, काम पनि सोचेभन्दा राम्रो भएको छ ।’

यो फिल्ममा सुमीलाई कान नसुन्ने युवतीको भूमिकामा देख्न सकिनेछ । यो फिल्ममा उनले अहिलेसम्मकै फरक भूमिकामा देखाउन सकिने सुमीको दाबी छ ।यो फिल्ममा म पहिलो दिनदेखि नै छु, फिल्मप्रति मलाई पूरै विश्वास छ,’ खबरहबसँगको कुराकानीमा सुमीले भनिन्, ‘यो फिल्मपछि त झन् अब त जटिल फिल्ममा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ ।’सरौतो’ मा आफ्नो भूमिका दर्शकले मन पराउने सुमीको दाबी छ । बोल्ड नायिकाका रुपमा पनि चिनिने सुमीले कुलतमा फसेकी युवतीको भूमिकामा काम गर्न चाहेको पनि बताइन् । ‘मलाई लागूऔषधमा फसेकी युवतीको भूमिकामा अभिनय गर्न मन छ,’ उनले सुनाइन् । खबरहब बाट