राष्ट्र बैंकले ४ अर्ब भन्दा बढी नयाँ नोट छाप्ने

१३ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
56 Shares


काठमाडौं – नेपाल राष्ट्र बैंकले झण्डै ५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्ने भएको छ ।राष्ट्र बैंकले २० रुपैयाँ दरका ४ अर्ब ८० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि बोलपब आव्हान गरेको हो । राष्ट्र बैंकले नोटको डिजाइन, छपाई तथा आपूर्तिको समेत काम गर्नका लागि टेण्डर आव्हान गरेकोजनाएको छ ।

गत शनिवार प्रकाशित गरेको सूचना अनुसार नोट छपाई गर्न इच्छुकले १० डिसेम्बर २०१९ सम्ममा आवेदन दिइसक्नुपर्ने छ। बैंकले सोही दिन बोलपत्र खोलिने समेत जनाएको छ ।बैंकले नोट छपाइको जिममा पाउने कम्पनीले २०२० को मे ७ सम्ममा नोट छापिसक्नुपर्ने जनाएको छ । News24

फेसबुकबाट तपाईको प्रतिक्रिया