गोली प्रहारबाट रौतहटमा एक जना घाइते

प्रकाशित मिति:

रौतहट-रौतहटको गौरमा गोली प्रहारबाट एक भारतीय नागरिक गम्भीर घाइेत भएका छन् ।गोली लागेर भारतको सिहोर घर भइ गौर नगरपालिका–२ बस्ने विजय गुप्ता घाइते भएका हुन् । उनलाई भारतकै नरेश राम र रजनीश पासवानले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गुप्ताको पेटमा गोली लागेको छ । गोली लागेर घाइते भएका गुप्ताको जिल्ला अस्पताल गौरमा उपचारका भइरहेको छ ।बुधबार साँझ गौर नगरपालिका–३ स्थित विद्युत प्राधिकरणको कार्यालयनजिकै गोली प्रहार भएको थियो । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । खबरहब