शुरु भयो स्टिमर ,पाँच महिना पछि जलयातायात सुचारु

प्रकाशित मिति:

स्याङ्जा— कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण बन्द भएको जलयातायात (स्टिमर सेवा) पुन सुचारु भएको छ । कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकाले स्टिमर सेवा सुचारु गरिएको शालिग्राम कालीगण्डकी जलयातायात प्रा.लिका सचिव चन्द्र वहादुर रानाले बताए । वर्षामा कालीगण्डकी नदीमा पानीको बहाव धेरै हुने र दुर्घटना हुन सक्ने उच्च सम्भावना रहेकाले मध्ये जेष्ठबाट असार, साउन, भदौ र असोज महिना सेवा बन्द गरिएको सचिव रानाले बताए । रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी आँधीमुहन देखि पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम सेतीवेणी सम्म सात किलोमिटरको दुरीमा विगत १७ वर्ष देखि जलयातायात (स्टिमर) सेवा संचालनमा छ । स्टिमर सेवाबाट स्याङ्जा, पर्वत, गुल्मी र वाग्लुङ्का बासिन्दा लाभान्वित हुने गरेको रानाको भनाई छ । स्टिमरबाट दैनिक एक हजारभन्दा बढिले नदी ओहोर दोहोर गर्ने गरेको सचिव रानाले बताए । एक सय जना सवार गर्न मिल्ने स्टिमर १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुई ओटा सञ्चालन भैरहेको बताए । स्टिमर सेवा सञ्चालन पछि चार घण्टाको यात्रा आधा घण्टामै छोटिएको रानाको भनाई छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयलाई बन्द स्टिमर सेवा सुचारु भए पछि सहज बनाएको गल्याङ्का स्थानीयवासी गुरु भट्टराईले बताए ।

उनले यो सेवाले जिल्ला वाहिर रहेका स्थानीयलाई तिहार मनाएर गाउँमा फर्कन सजिलो हुनेछ उनले भन,े “साढे चार महिना महिना सास्ती खेप्नु प¥यो ।” यातायात बन्द हुँदा आधा घण्टाको बाटो चार घण्टा पैदल हिड्नु पर्ने अवस्था थियो उनले भने । कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम बहादुर थापाले धेरै जसो पर्यटकहरुले स्टिमरमा यात्रा गर्ने गरेको बताए । उनले सेतीवेणीमा रहेको विश्व विराट शिला शालिग्रामको दर्शनका लागि आउने धार्मिक पर्यटकहरु र स्टिम्मर चढ्नकै लागि आउने पर्यटकहरुले यो सेवा लिने गरेको बताए । ‘कालीगण्डकी नदीको वारीपारी कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिरोडोर निर्माण भए पछि कतिपय स्थानीय तीनै सडकमा गाडीमा यात्रा गर्छन । थापाले भने विगतमा स्थानीयको यात्राका लागि र मालसामान ढुवानीका लागि प्रयोग भए पनि अहिले विशुद्ध पर्यटकहरु मात्र स्टिरमा यात्रा गर्ने गर्छन । अन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा स्टिम्मर छ । थापाले भने अवको वैसाख सम्म दैनिक २५ देखि ३० वटा वस रिर्जब नै गरेर पर्यटक यहाँ आउँछन । उनले यहाँ आउँने पर्यटको सुविधाका लागि गाउँपालिकाले खाना, आवास र सुरक्षामा कुनै कमि हुन नदिने बताए ।