ला लिगा फुटबलको दोस्रो स्थानमा रियल मड्रिड

१४ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
21 Shares


काठमाडौं –सहज जितसहित रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा पुगेको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ ।ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेशलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको हो । रियलका लागि सिल्भा डी गोएस, टोनी क्रस, सर्जियो रामोस, करिम बेन्जिमा, लुुका जोविकले एक एक गोल गरे । जितपछि दोस्रो स्थानमा पुगेको रियलको १० खेलबाट २१ अंक भएको छ र बार्सिलोना भन्दा एक अंकले पछि छ ।

बुधबार राति नै भएका अरु खेलमा लेभान्टेले रियल सोसिडाडलाई २–१, एथ्लेटिको बिल्बाओले स्पानियोललाई ३–० तथा रियल बेटिसले सेल्टा डी भिगोलाई २–१ ले पराजित गरेका छन् । यस्तै सेभिल्ला र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया