निर्मला पन्त हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसद्धारा ध्यनाकर्षण

प्रकाशित मिति:

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलको ध्यनाकर्षण गराएको छ ।

निर्मला प्रकरणबारे काँग्रेस नेता दिलेन्द्रप्रसाद बडु र वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर घट्नाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा प्रधानमन्त्री ओली र प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

जवाफमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले घटनाबारे सरकारले सूक्ष्म अध्ययन गरिरहेको भन्दै वास्तविक अपराधी पत्ता लगाएरै छोड्ने आश्वसन दिएका छन् ।