प्रधानमन्त्रीको दोस्रो डाइलासिस सकियो

प्रकाशित मिति:

काठमाडौं – उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डाइलासिस सकिएको छ । अस्पताल स्रोतका अनुसार उनको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डाइलासिस बुधबार नै गरिएको थियो ।

प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका उनको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल र प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छैनन् । बुधबार साँझ ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणको रिपोर्ट आएपछि फर्किने उल्लेख गरिएको थियो ।